Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अभिनेत्री आँचल शर्माले बाथटपमा चुम्बन दृष्य दिन नसक्दा रुन परेको बताएकी छिन् । चलचित्र बर एन्ड बधुको गीत ‘तिमी सँगको एउटा दृष्यमा बाथटपमा अर्धनग्न भएर कामुक शैलीमा अभिनेता अभिनेत्री अँकमाल गर्नु पर्ने थियो । यो दृष्य दिन नमान्दा निर्देशक मिलन चाम्सले आफुलाई गजबैसँग गाली गरेको उनले बताईन् ।
विवाह गरेको केही समयपछि अभिनेत्री आँचलले यो चलचित्र खेलेकी हुन् । आफु विवाहित भएकाले पनि उनलाई बाथटपमा अभिनेतासँग अर्धनग्न भएर ओठमा चुम्बन दृष्य दिनुपर्ने थियो । नव अभिनेता विवेक कर्माचार्य यो दृष्य दिनको लागि तयार भए । तर अभिनेत्री आँचलले ओठमा चुम्बन गर्ने दृष्य दिन मानिनन् ।
यो क्रममा छायाँकनको लागि आफुले तयार गरेको दृष्य अभिनेत्रीले गर्थिन भनेपछि निर्देशक मिलन चाम्स रिसाउनु स्वाभाविकै थियो । बिदेशमा छायाँकन गर्न पनि त्यति सजिलो थिएन । सोहीकारण छायाँकन स्थलमा अभिनेत्री आँचलसँग निर्देशक चाम्स रिसाए । त्यो पल सम्झँदै आँचलले आईतबार यो गीतको भिडियो रिलिजका क्रममा भनिन्,‘मिलन सरले गाली गरेपछि छायाँकन स्थलमै म रोएँ, त्यसपछि काम गर्न झन गाह्रो हुने भएपछि उहाँले मलाई सम्झाउनु भयो र यो दृष्यको छायाँकन गरियो ।’
अभिनेत्री रोएपछि निर्देशक चाम्सले यो दृष्यमा केही परिवर्तन गर्नु परेको थियो । अभिनेता अभिनेत्रीको ओष्ट चुम्बनलाई परिवर्तन गरेर एक अर्काले नाक जुधाएर हेराहेर गरेको दृष्य उनले खिचे । त्यसपछि अभिनेता अभिनेत्रीबीच अभिनेताले अभिनेत्रीको काँध र कानमा चुम्बन गर्छन । यसरी ओष्ट चुम्बनको ठाउँमा काँध र कानमा चुम्बन गरेर यो दृष्य सम्पन्न गरिएको थियो । अर्जुन पोखरेलको संगीतमा प्रताप दास र अन्जु पन्तले यो गीत गाएका हुन् । गीतको सबै दृष्यको छायाँकन रोमानियाँ मै गरिएको छ । यो चलचित्र आगामी १४ भदौमा रिलिज हुनेछ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल