Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । एडिविको ऋण स्वीकारेर खानेपानी संस्थानलाई चार टुक्रा पारेर मेलम्ची खानेपानी समितिको कल्पनामा रमाएकाहरुले ३० वर्ष पछि मेलम्चीको पानी राजधानीमा छिराएपछि पनि काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडको असक्षमताको जरो थाहा पाएनन् । मेलम्चीको जस लिन प्रशासक र शासकहरुलाई भ्याईनभ्याई छ । प्रधानमन्त्री केपि ओली मेलम्चीको पानी भित्र्याएर मख्ख छन् । केयूकयल, उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुखहरुले गत साता महाँकालबाट पानी पठाए । तर केयूकेयलले पानी चुवाहवटको नियन्त्रण समेत गर्न सकेन ।
काम भन्दा बढि राजनीति गर्ने कर्मचारीको जगजगी हुँदा आयोजना कार्यन्वयन निर्देशनायललाई समेत केयूकेयलले गर्न नसकेको कामको अपजस जान्छ । निर्देशनालयले मेलम्चीको नयाँ पाइप विस्तारमा जोड दिन्छ । दोस्रो चरणको काममा त्यो लागेको छ । तर केयूकेयलका शाखाहरु पूरानो पाइपबाट भएको चुहावटको समेत ख्याल गर्दैनन् भन्ने कुरा न्यूरोड गेटबाट रन्जना हलसम्मको चुहावट हेरे पुग्छ । चुहावटको नियन्त्रण र पानी वितरण गर्ने केयूकेयलको नेतृत्व नै सक्षम छैन । इन्जिनीयर पदका मिलन शाक्यलाई त्यो पद दिलाएका बहादुरहरु ठूलो बजेट भएका शाखामा बसेर लुटीरहेका छन् । तीनमा समेत मेलम्चीको पानी जनताका घरमा सहज रुपमा पुग्नुपर्छ भन्ने कुरा मुखले ठिक्क पार्ने व्यवहारमा नगर्ने देखिदै छ । त्रिपुरेश्वर, महाराजगंज, महाकालचौर शाखा मात्र होइन जावलाखेल शाखाको क्षेत्र भित्र पनि पूराना पाइपबाट पानी चुहावट नियन्त्रण भयो भएन चासो कसैमा छैन । अधिकांश स्थानमा पानी चुहावट छ । उपभोक्ताले जानकारी दिएपनि केयुकेयललाई चासो छैन । वितरण भएको पानी ४० प्रतिशत सडकमा बगेको छ । मेलम्चीको कल्पना पंचायत कालमा भएपनि भाषणले सडक पखाल्ने बचन दिएका काग्रेसका स्व नेता कृष्ण प्रसाद महराईको सपना केयूकेयलले पानी चुहावटमाच नियन्त्रण नगरि पूरा गर्दैछ ।
सहरको कुनै त्यस्तो ठाँउ छैन जहाँ पानी आएको बेला आधापानी चुहावट भएर सडक नभिजेको होस् । अहिले मेलम्चीको रमाइलो छ । जनताले जहाँ पानी पाएका छन् त्यहाँ पनि सडक हिलाम्य भएको छ । केयूकेयलका महाप्रबन्धक मिलन शाक्यलाई जति रमाईलो छ त्यो रमाइलो सिन्धुपाल्चोक जिल्लाका टारी खेतलाई कल्पना नगरेको मुआब्जा लिएर सहर पसेका नागरिकले काठमाण्डौका सडक धुलो पखाल्न होइन हिलो बढाउन मेलम्चीको पानी सहज भएकोमा दंग हुदैछन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल