Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चेक अनादरसम्बन्धी ठगी कसुरमा साहलाई धनुषाको मिथिला नगरपालिका–स्थित रामानन्द चोकबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनलाई गएराति नियन्त्रणमा लिइएको हो।
काठमाडौंस्थित एक रेष्टुरेन्ट खरिद–बिक्री कारोबारका क्रममा दिइएको चेक अनादर भएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
साहविरुद्ध ठगी कसुरअन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताएको छ।
२०८३ जेष्ठ ३०
ताजा नेपाल
२०८३ जेष्ठ ३०
ताजा नेपाल
२०८३ जेष्ठ ३०
ताजा नेपाल