Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चैतेहरु एमाले विभाजनको कारक बन्न हुदैँन

काठमाण्डौ । राजनीतिक अठोट र सिद्दान्तका कुरा सत्ता र पदका निम्ति ठूला हुदैनन् । सैद्दान्तिक दृष्टिकोण र विचार मिल्यो भने राजनीति मिल्दछ । जहाँ सिद्दान्त र विचार मिल्दैन त्यहाँ पार्टी एकताको अर्थ हुदैन । माओवादी त्यागेर प्रधानमन्त्री केपि ओलीको पछि लागेका रामबहादुर थापा, लेखाराज भट्ट, टोप बहादुर रायमाझी, मणि थापा, प्रभू साहा, गौरी शंकर चौधरी, दाबा लामाहरुको एमाले भित्रको हैसियत एकिकृत एमालेको अवस्थालाई टुक्राउने स्थितिमा पुग्दैछ । पूराना एमालेहरुलाई खेदेर नयाँ चैतेहरु भित्र्याउँदा अध्यक्ष ओलीको टीम भित्रै इश्वर पोख्ेल र विष्णु पौडेलहरु तर्सनु पर्ने अवस्था आयो ।

किनकी उनीहरु सिङ्गो एमालेबाट गुटवादी बनेर सत्ता र पदका निम्ति यतिखेर केपि ओलीको पछाडि लागेका थिए । तर बदनाम भने पछिल्लो पटक इश्वर पोख्रेल धेरै भए । विष्णु पौडेलले ललिता निवासको जग्गा फिर्ता गरे बापत माफी पाए । यहि त हो सत्ताको करामत जहाँ त्यही प्रकृतिका आरोपितहरु कोही जेलमा बसे कतिले धरौटी राखेर तारेख धाइरहेका छन् । राजनीतिमा सत्ता पक्ष निरंकुश, भ्रष्ट र निर्भयको हुन्छ भन्ने कुरा यही घटनाले पुष्टि गर्याे । आरोप त उपप्रमको नाताले इश्वर माथि कम लागेका छैनन् । त्यसमा पनि उनको नेतृत्वको सीसीएमसीको खारेजीको आबाज आहिले उठेको छ । कोरोना कहरको समयमा आवश्यक औषधीजन्य सामाग्रीको खरिदमा जोडिएका पोख्रेल हरेक पटक पदमा पुग्दा यस्ता विवादमा पर्ने गर्दछन् ।

उनले राजनीतिक रुपमा सम्बन्ध विस्तार गरेका व्यक्तिहरु समेत समाजमा दण्ड सजाय भोगेको अवस्थाका छन् । उनले यही कारण हुन सक्छ एमालेको जनताको बहुदलीय जनवादको सार्थकता संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि भेटेका छन् । आखिर राजनीतिमा भएको उतार चढाबले एमालेको विभाजित परिस्थीतीलाई जोड्न सक्छ सक्दिैछ शंका छ किनकी प्रम ओली पार्टी अध्यक्षको हैसियतले आफ्नो हैकमवादी रवैया हटाउन चहादैनन् । माधव पक्ष त्यो हेकमवादको अन्त्य गर्दै पार्टीलाई विधि र प्रकृयामा सञ्चालन गर्ने पक्षमा छन् । यो समूहसँग अध्यक्ष ओली सहमत भईसकेको स्थितिमा एकाएक सिर्जना भएको वर्तमान अन्योलको किनारा लगाउन समय अनुसारको निर्णय नहोला भन्न सकिदैन ।

नयाँ आएका सहयात्रीहरुको स्थान के हुन्छ ? उनीहरुको हैसियत कहाँ हुन्छ ठेगान छैन । किनकी नेकपा एमालेमा माधव नेपाललाई राम बहादुर थापा र टोप बहादुर रायामाझीले स्वागत गर्नु पर्दैन ।
एमालेका निम्ति माधवसँग भएका भिम रावल, सुरेन्द्र पाण्डे, रघू पन्त, गंगा तूलाधार, राजेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विस्ट, राजेन्द्र राईहरु भन्दा राम बहादुर थापा, टोप बहादुर रायमाझी, मणि थापा नभई नहुने पात्र होइनन् । जसले एमालेको धरातल यो स्थितिमा ल्याए त्यो बाहिरिने जो सत्ता र स्वार्थका निम्ति सिद्दान्त नितिलाई त्यागेर पछि लाग्यो ऊ नभई नहुने पात्र हुदैन । विचार मिलेपछि पार्टी फेर बदल हुन सक्दछ । तर नव प्रवेशीले पूरानलाई स्वागत गर्ने हैसियत राख्दैन । राजनीतिमा परिपक्कता जाच्ने भनेकोे उसको व्यवहारले हो । यस पटक प्रधानमन्त्री ओलीका हनुमान बनेका चैतेहरुले एमाले विभाजन गर्ने कारक बन्न सुहाउदैन ।