Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरी पैठारीका सामान बरामद

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना। ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको पाँच पोका लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी बर्दिया जिल्लाको गुलरिया नगरपालिका ९ स्थित खालीकुरुवाबाट भाद्र २९ गते एपीएफ टोलीले करीव एक लाख ११ हजार रुपैयाँ बराबरको चोरीनीकासीकोे सामान बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको गुट्खा तथा फेयर एण्ड लब्ली क्रिम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।