Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र कुन बाटो छिर्लान् सर्वोच्चमा

काठमाडौं। निलम्बित भनिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई निलम्बन गर्ने संसद नै भंग भएपछि आजबाट नियमित काममा फर्कने भनी सर्वोच्च अदालत प्रशासनलाई पत्र पठाएसँगै उनी प्रवेश गर्न खोज्नेछन् । जबरालाई रोक्न सर्वोच्च प्रशासनले शनिबार नै बैठक बसी निर्णय लिइसकेको छ । सर्वोच्च मात्र नभई सरकार र बार पनि उनलाई रोक्न लाग्नेछ । यसको अर्थ उनी सर्वोच्चको मूलढोकाबाट पस्न नपाउने सम्भावना छ । प्रतिनिधि सभामा महाभियोग लगाइएपनि त्यसको टुंगो लागेको छैन । तर, प्रतिनिधि सभाको समयावधि सकिएको भन्दै जबराले महाभियोग पनि स्वतः अन्त भएको जिकिर गरेका छन् । उनी त्यसकारण महाभियोगबाट उन्मुक्ति पाइसकेको भन्दै सर्वोच्च छिर्न खोज्दैछन् ।
सत्तारुढ दलले जबरालाई महाभियोग लगाएकाले उनलाई रोक्न सरकार नै लाग्दैछ । सर्वोच्च अदालतको प्रशासन र बार एशोशिएसन पनि रोक्न लाग्नेछ । तर, उनको पक्षमा पनि कानून व्यवसायीहरुको एउटा समूह देखिने चर्चा छ । यसले सर्वोच्च अदालतमा घम्साघम्सी हुनसक्ने चर्चा छ ।