Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । थाइल्याण्ड, सिंगापुर र मलेशियाको अपार सफलता पश्चात अबको धमका बरदुबईको याक एण्ड यति एभरेष्टमा यहि असोज १४ गते अक्टोवर १ तारिकका दिन ‘चौथो प्रियसी धमका २०२३’ बिबिध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी अन्तिम चरणमा रहेको दुवई स्थित आयोजक समितिका पुर्णिमा घिसिंगले जानकारी गराउनु भएको छ । उहाँका अनुसार नेपालबाट राष्ट्रिय स्तरका कलाकार देखि प्रवासी नेपाली कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने छ । नेपाली कला सँस्कृति, भाषा, सम्पदाको संरक्षण प्रबद्र्धनका लागि बिश्व बजारसम्म पुराउने अभियानका साथ प्रियसी म्युजिक प्रालिको आयोजनामा ‘चौथो प्रियसी धमका २०२३’ हुन लागेको हो । कार्यक्रममा नेपालबाट दोहोरी गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्य कलाकार सागर लम्साल ‘बले’, बालकलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिक थाली नृत्यांगना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम, गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतका कलाकारको उपस्थिति रहने भएको छ भने प्रवासी नेपाली कलाकारहरू बाबुराम परियार, लोक दोहोरी गायक कमल परियार, लोक दोहोरी गायक प्रकाश पुरी, गायक नीर तामाङ आदिको प्रस्तुति रहने बताईको छ । आयोजक समितिमा गीतकार राजेन्द्र पुरी, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, मोडल अमन श्रेष्ठ, दिपेश श्रेष्ठ रहेका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल