Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । संसद विघटन मुद्दा सर्वाेच्चमा छ । पूर्नस्थापन भएपछि पनि ठूलो दलको नाताले केपि ओली नै प्रम हुन्छन् भनेर ढुक्क एमालेका ओली गणहरुले १९ पटक मन्त्री मण्डल विस्तार गर्दा पनि मन्त्री हुन नपाएपछि जदौ मालिक भन्न छाड्ने अवस्था छैन । संविधानभन्दा माथि पुगेका र उनको इच्छामा देशमा अदालत, संसद, संवैधानिक अंगहरु मात्र होइन प्रहरी प्रशासन समेत निस्पक्ष हुन दिइएको छैन ।
संसदको घाटी निमोडर अध्यादेशको साहारामा संघियता र लोकतन्त्र माथि प्रहार गर्ने गरि संवैधानिक परिषद माथि धावा बोल्दै विपक्षीको मान मर्दन गर्ने आफ्नै पार्टीका समकक्षीलाई भाड्न सफल निरंकुश शासक ओलीले जे गर्छन् सबै ठिक भन्दा महेश बस्नेत, गोकुल बास्कोटा, कर्ण थापा, भगवति चौधरीसम्मले मन्त्री हुन पाएनन् । राजेन्द्र गौतम, जयकुमार राई, गंगा चौधरी ओलीकै भक्त थिए । तर योगेश भट्टराईसँग नेता निरुदेवी जैरु कलिला खातुन सम्मले आश गर्दा सिन्धुलीका गणेश पहाडीले मन्त्री पड्काए ।
ओलीलाई नेता मान्दा भ्रष्टचारीले उन्मक्ती पाउछन् अपराधीले कानूनी कठाघरमा जानु पर्दैन भन्ने प्रमाण गोकूल बास्कोटा इश्वर पोख्रेलको भ्रष्टचार हो भने संसद अपहरण काण्डका नायक महेश बस्नेत महोत्तरी हुदै धनूसाका पुगेर जसपाका सांसद यादवलाई काठमाण्डौ ल्याए । मसालका सांसद खिम विक्रम शाहीलाई कोरोना पाल्ने टिम लिडर बनाएर चरक अस्पताल पुर्याए पनि आखिर शाहीले पार्टीको निर्देशन मानेर मुख्यमन्त्री विरुद्ध उभिए ।
बस्नेतको भनाई ओलीको निर्देशनमा जस्तो सुकै काम गर्ने हो । त्यहाँ कानूनको कार्यन्वयन भएन भनेर चिन्ता लिनुको अर्थ छैन । इश्वरसँग जोडिएका ओम्नी, थामसेर्कु यति एयर यति होल्डिङ्स मात्र भएन पछिल्लो पटक सुरज वैद्यको हुकाम कम्पनिको देशघातको कर्मकाण्ड, नेपाल ट्रष्टको सम्पति सुम्पने धन्दा चर्चित छन् । जति सुकै भ्रष्ट भए पनि ओली बा जय भन्नेहरु जोगिएका छन् । यो व्यवहारले कम्युनिष्ट पार्टीको शासकीय चरित्र देखाएको छ । भोलीका दिनमा कम्युनिष्टलाई सत्ता सुम्पदा कस्तो हुन्छ भन्ने देखियो । भ्रष्टचार र वेथिती नै वर्तमान परिवेशको गहन भयो । कानूनले सबैलाई समान देख्नुपर्छ । तर प्रम ओली र उनको टिमलाई कसैले छुदैन ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल