Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनतालाई झुक्याएर एमसीसी सम्झौता

काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको दाबी छ ।
एमसीसीको मुख्यालयले एमसीसी परियोजना नेपालको संविधान र सार्वभौमिकताभन्दा माथि नरहेको तथा सम्झौता भइसकेको परियोजना संसोधन पनि हुन नसक्ने जवाफ पठाएको केहीबेरपछि रावलले सामाजिक सञ्चालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । एमसीसीमा राखिएका कतिपय प्राबधानको सशक्त प्रतिवाद गर्दै आएका रावलले सरकारले एसीसीलाई लेखेको पत्र र त्यसको जवाफी पत्र दुबैले सार्वभौमिकता र देशको स्वाधिनतामा विपरीत भएका सम्झौतालाई सम्बोधन गर्ने दाबी गरेका छन्।