Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनप्रिय पूर्वराजाले देश छाडे

एजेन्सी । स्पेनका पूर्वराजा ख्वान कार्लोसले आफ्नो मूलुक छाडेका छन् । भ्रष्टाचार मुद्दामा आफ्नो नाम पनि जोडिएपछि निराश भएका कार्लोस विशेष उडानमार्फत संयुक्त अरब इमिरेट्स पुगेको दाबीसहितको तस्वीर सार्वजनिक भएको छ ।देश छोड्ने निर्णय गरेको पूर्वराजा कार्लोस अब यूएईमा निर्वासित जीवन विताउने बताइएको छ । स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्बिरमा पूर्वराजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिएको छ । गएको सोमबार कार्लोसले देश छाड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको थियो । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिए छन् ।
८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका थिए । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए । स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे ।