Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनमत मान्न रास्वपा तयार

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले अब भन्नेभन्दा पनि गरेर देखाउने दिन नजिकिएको बताएका छन् । सोमबार हेटौँडामा आयोजित चुनावी सभामा उनले आफू त्यो क्षणको प्रतीक्षामा रहेको बताए । शान्तिपूर्ण ढंगले मतदानमा सहभागी भएर परिणाम स्वीकार्न कार्यकर्ता र मतदातालाई उनले आग्रह गरे । ‘आउँदो फागुन २१ गते जनताले जे भन्छन्, हामी त्यही स्वीकार गर्न तयार छौँ, लामिछानेले भने, जनताले रास्वपालाई बहुमत दिन्छन् र आगामी सरकार रास्वपाको बहुमतको सरकार बन्छ भन्ने हाम्रो विश्वास छ । फागुन २१ गतेको चुनावलाई उनले महाभारतसँग तुलना गरे । रास्वपाको सरकार बनेपछि ०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने उनले बताए । आफूहरूको पहिलो प्राथमिकता सुशासन भएको उनको भनाइ छ । शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नपर्ने उनको भनाइ छ । शिक्षा नीति विद्यार्थीको हितमा बन्नुपर्ने उनको भनाइ छ । आफ्नो पार्टीको सरकार बनेपछि किसानलाई मल, बीउ र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता उनले जनाए । हेटौँडा सिमेन्ट उद्योगको सन्दर्भ उठाउँदै उद्योगहरूलाई राजनीतिक भर्तीकेन्द्र बनाइँदा समस्या भएको उनले दाबी गरे । योग्य र क्षमतावान नेतृत्व आए उद्योग नाफामा जान्छ र त्यो काम रास्वपा सरकारले गर्छ, लामिछानेले भने ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल