Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजेपनि त्यो उठिरहने दाबी गरेका छन्। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक विमोचन कार्यक्रममा बोल्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले जनयुद्ध फेरि चिहानबाट उठ्ने दाबी गरेका हुन्। जनयुद्धलाई जति दबाउन खोजिए पनि इतिहासमा पटक पटक त्यो उठिराख्छ। त्यो चिहानबाट फेरि उठ्छ, प्रधानमन्त्री प्रचण्डले भने, हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाउन सक्दैन। अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो। अहिले जनयुद्ध दिवसको ठूलो टिकाटिप्पणी भइरहेको भन्दै उनले इतिहासमा पटक पटक उठिराख्ने दाबी गरेका हुन्। साथै, उनले पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने बेलाको भन्दा पनि जनताको स्तरबाट सबैभन्दा ठूलो पहलकदमी जनयुद्ध भएको बताए। पृथ्वीनारायणशाहले राज्य एकीकरणको बेलामा गरेपछिको जनताको स्तरबाट गरिएको महान पहलकदमी थियो। यसको आधिकारिक र प्रमाणित व्याख्या हुन अझै बाँकी छ, उनले भने। उनले जनयुद्ध कसका कारणले र किन भनेर राम्रोसँग लेखिन अझै बाँकी रहेको बताए।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल