Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कोरोना महामारीले अर्थतन्त्र थिलथिलो बनाइरहँदा तत्कालीन सरकारले महाप्रसाद अधिकारीलाई २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्यो अधिकारी नेपालको केन्द्रीय बैंकका १७ औं गभर्नर चुनिए । गभर्नर पद अधिकारीका लागि आफूले कामै नगरेको नयाँ निकायमा लिएको कुनै अपर्झटको जिम्मेवारी थिएन
राष्ट्र बैँकमै २६ वर्ष काम गरेका अधिकारी डेपुटी गभर्नर पदबाट सेवानिवृत्त भएका थिए । उनले केन्द्रीय बैंकमा २१ वर्ष कार्यकारी निर्देशक र पाँच वर्ष डेपुटी गभर्नरको जिम्मेवारी पूरा गरिसकेका थिए । लगानी बोर्ड नेपाल आइबीएल मा पनि उनी चार वर्षसम्म प्रमुख कार्यकारी अधिकृत सीईओ भए ।
लगानी बोर्ड र केन्द्रीय बैंकको सर्वोच्च कार्यकारी पदमा अधिकारीलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नै नियुक्त गरेको थियो । जसै अधिकारी गभर्नर नियुक्त भए, तत्कालीन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र अन्तरकलह शुरू भयो ।
‘ब्यूरोक्रेसी’ पृष्ठभूमिका अधिकारीका लागि नेकपाभित्रको विवाद खासै अर्थपूर्ण नहुनुपर्ने हो, तर भइदियो । त्यतिखेरको नेकपाभित्र निम्तिएको विवादका कारण संसद विघटन÷पुनःस्थापना, पार्टी विभाजन हुँदै नयाँ सरकार गठनसम्मका घटना भए । अधिकारीलाई राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली सत्ता बहिर्गमनमा परे । अर्थमन्त्री विष्णु पौडेलले पनि कुर्सी गुमाए । अधिकारीको पदोन्नतिका लागि सक्दो योगदान गरेका खतिवडा त्यसअघि नै राजदूत बनेर अमेरिकातिर उडिसकेका थिए । पछि उनी पनि फिर्तीमा परे ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल