Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी मुद्दाका सुनिल पक्राउ

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुरसिमरा उपमहानगरपालिका(२ बस्ने १९ वर्षीय सुनिल साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराको २०७२ चैत २१ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
साहलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल

बाढी पहिरोमा १०० जनाको ज्यान गयो

२०८१ आश्विन १३

ताजा नेपाल