Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । मुलुक संकटमा रहेको बेला सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेत निवेदक रहेको उक्त मुद्धामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शर्मा र डा। चन्द्रकान्त ज्ञवाली, अधिवक्तहरु खगेन्द्र सुवेदी, विष्णु भुसाल, कमल कोइराला, सन्तोष भण्डारीको बहस सुनेपछि सर्वोच्चले दिएको हाे ।