Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपामा सांसदकै विद्रोह

काठमाण्डौ । सत्ताका लागि आफ्ना मुद्दा त्याग्ने र दौडने मधेसी नेताहरुको हालत फेरि विखण्डनको दिशामा केन्द्रीत हुदैछ । ओली सरकारमा गएका १९ दिनमा पद खोसीएका राजेन्द्र महत्तो, शरद सिहं भण्डारी, अनिल झा, राज किशोर यादव जसपा भित्र पूरानो टीमको नेतृत्व गर्थे । तर मन्त्री बनाईदा महन्त राजेन्द्रले ८ मन्त्री २ राज्यमन्त्रीको नाउ पठाए राज किशोरलाई छ्टाए । राज किशोर उपेन्द्र यादवको टीमबाट भड्किएका थिए । तर मन्त्री बन्न उनले प्रम ओलीसँगको सम्बन्ध प्रयोग गरे । भेदभाव गर्दा राज किशोरले महन्त र राजेन्द्रलाएै साथ दिने ठाँउ भएन ।
अदालतले सांसद पूर्नस्थापना गर्नासाथ सांसद पदको सुरक्षा नहुने महन्त र राजेन्द्रकै हो । सांसदहरु प्रमोद शाहा, अमृता अग्रहरी, रानी मण्डल, इलारी देवी, चन्द्रक्रान्त चौधरी, नर माँया ढकालले भोलीको अवस्था अनुमान गर्दैछन् । जसपाका ३२ सांसद मध्ये २० सांसदको साथ पाएको महन्त राजेन्द्र पक्षले पार्टी विभाजनको अवस्थामा हिजोका सांसदहरुको साथ पाउन कठिन छ । मन्त्री भएका राज किशोर र विमल श्री वास्तव बैठकमा नगए पनि उनीहरुले हिजो उपेन्द्र यादवलाई लोप्पा दिएर सरकारमा गएकै हुन् ।

जसपा सांसदीय दल समेत बन्न नसक्दै सांसद विघटन भएको थियो । विद्यठीत सांसदकै बेला महन्तले राजेन्द्रलाई सांसदीय दलको नेता चयन गरे । तर उपेन्द्रले त्यसको प्रतिवाद गरेका थिए । पार्टी एकताको भागवण्डा गर्दा महन्त र उपेन्द्र अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय परिषदको अध्यक्ष राजेन्द्रलाई सांसदीय दलको नेता अशोक राई लक्षमण लाल कर्ण वरिष्ठ नेता बनाईयो । तर पावर परिचालनमा डा. बाबुराम भट्टराईको नेतृत्व बलियो भयो । निर्वाचन आयोगमा महन्त राजेन्द्रको हस्तक्षर स्वीकार्ने भनियो । पछिल्लो पटक बालुवाटार निर्देशनमा चल्ने निर्वाचन आयोगले उपेन्द्रको पक्षमा भएको बहुमत केन्द्रीय समितिलाई चासो राखेन ।

मधेसी दलको एजेण्डालाई प्रधानमन्त्री केपिले जसरी स्वीकारे र सत्ता टिकाउन ९ मन्त्री २ राज्यमन्त्री बनाए । त्यसको फल पूर्ण भएन । देशको आवश्यकता, जनताको भावना भन्दा पनि आफ्नै स्वार्थ आफ्नै गुटको निजी स्वार्थमा डूबेको ओली पथले नेकपा मात्र विभाजन गरेन एमाले र मधेसवादीलाई समेत विभाजन गरेको कुरा छर्लङ्ग भयो । मधेसी सांसदहरु जसले महन्त र राजेन्द्रको बैठक बहिष्कार गरेका छन् त्यसले उपेन्द्र पक्षले लिएको बाटो स्वीकार्न सक्छ ।


सम्बन्धित समाचार