Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पटक जिम्मेवारी दिलाएका प्रहरी अधिकृतहरूको काम देखिन थालेको छ । अपराध नियन्त्रणको क्षेत्रमा सक्रिय भएका केरकारका बसन्त कुँवर, एयरपोर्टका भीम ढकालले मात्र होइन परिसरले समेत काठमाडौं भित्रका अपराधी सञ्जाल खोतल्न थालेको अवस्थामा काठमाडौं परिसरका एसएसपी सुदिप गिरीको सक्रियता पनि बढेको हो । नेपाल प्रहरीको एआईजीका ३ पद थप गर्ने हल्ला टुंगिएको छैन । गृहमन्त्री बालकृष्ण खाँणको घर्रामा थन्किएको त्यो फाइलमा धिरजप्रताप सिंह र रविन्द्र धानुकको मात्र होइन, बसन्त पन्त, बसन्त लामा जस्ता डिआईजीहरूले पनि प्रतिस्पर्धा गर्ने हक राखेका छन् भन्ने कुरा नेपाली काँग्रेसको बालुवाटार ब्रान्चले थाहा पाएकै छ । भीम ढकाल एयरपोर्ट गएपछि प्रहरीले १ किलो सुन समेत सुन तस्करीका भरिया त पक्रियो तर मालिक त विगतमा पक्रिएको भए पो पक्रियोस् । उता, अपराध अनुसन्धानले बिराटनगरदेखि ललितपुरसम्म जोडिएको मानव हत्या र लास गाडिएको घटना उतारेको छ । प्रहरीले चाहनु पर्छ दवेको अपराध खोतलिन्छ भन्ने प्रमाण हो मोरङको उखुवारीमा भेटिएको लास र गोदावरीमा घरभित्रै खाडल खन्दा नसकेपछि भाडामा बसेकै घर परिसरमा गाडिएको मोहन लिम्बुको शव पत्ता लाग्नु । क्षमता भएको अधिकृत प्रहरीमा छन् । जो व्यवसायिक रूपमा संगठनको जिम्मेवारी पाउँदा कार्यक्षमता प्रस्तुत गर्छन् । यस्ता अपराधमा राजनीतिक हस्तक्षेप हुँदा प्रमाण नष्ट गर्ने, अनुसन्धान फितलो बनाउने काम पनि त्यहाँ प्रहरीको सक्रियतामा हुन्छ भन्ने कुरा निर्मला पन्त बलात्कारपछिको हत्याले देखाउँछ । जुन घटनाका मुल अपराधी बचाएर नक्कली अपराधी खडा गर्ने काम भएको छ । त्यसो त काठमाडौं परिसरबाट अशोक सिंह हट्नासाथ राजश्व छल्ने गरी बनाइएका स्टीकर नटाँसिएका ब्राण्ड लेभलको रक्सी गोदाम नै प्रहरीले पत्ता लगायो । सिंह नक्कली चेक काण्डको छानविनमा परेका छन् । त्यही प्रहरीको बालाजु वृत्तको सक्रियता र सुराकीको आधारमा गत साता सात हजार लिटर घरेलु रक्सी र जाँड नष्ट गरेको छ । अपराध महाशाखाले गुल्कोज, सोडा र चिनी मिलाएर नक्कली मह निर्माण गरेर जनताको जीवनमा खेलवाड गरेका साहुजी पनि पत्ता लगायो । राजनीतिक दलको आड लिएका ती साहुजीको ७ हजार लिटर नक्कली मह समेत पक्राउ परेको छ ।
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल