Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जाने भयो गुरुङको पद

पोखरा । ठूूलो पार्टीको नाताले २९ बैशाखमा मुख्यमन्त्रीको सपथ खाएका पृथ्वी गुरुङ सुब्बाको पद हप्ता दिन भित्र जाने भएको छ । नेकपा मसालले गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई कारवाही गरेपछि गण्डकी प्रदेशसभाको अंक गणितमा हेरफेर आउने भएको हो । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ । तर, विपक्षी गठबन्धनलाई पनि बहुमत पुर्याउन एक सीट कम हुने भएकाले कसैको पनि बहुमत नपुग्ने स्थिति आउने भएको छ ।

हाल गण्डकी प्रदेशमा ६० जना सांसद छन् । जनमोर्चाका दुई सांसदमाथि कारवाही भएपछि प्रदेशसभाको संख्या ५८ मा झर्ने छ । त्यो अवस्थामा सरकार गठनका लागि ३१ को साटो ३० जना भए बहुमत पुग्छ । मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङको पक्षमा अहिले दीपक मनाङ्गेसहित २८ जना छन् । विपक्षी मोर्चामा भने काँग्रेसका १५, माओवादीका ११ सभामुख बाहेक, जसपाका २ र जनमोर्चाका १ जना गरी २९ सांसद छन् । यो स्थितिमा मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिँदा बहुमत गुमाउने पक्कापक्की छ । तर, सरकारको दाबी गरिरहेका विपक्षीसँग पनि २९ सिटमात्र पुग्छ । सभामुख माओवादी तर्फबाट भए पनि दुबैतिर बराबरी भएको अवस्थामा मात्र सभामुखले निर्णायक मत दिन पाउने भएकाले विपक्षी मोर्चाले सभामुखलाई जोड्न पाउने स्थिति छैन ।

जनमोर्चाका सांसदहरु खिम विक्रम शाही र कृष्णबहादुर थापा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टी निर्णयविपरीत उभिएपछि उनीहरुलाई पार्टीले कारवाही गर्ने भएको हो । तीनजना मध्ये पियारी थापा भने पार्टी निर्णयको पक्षमै उभिएकी छिन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल