Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जिप दुर्घटनामा दुईको मृत्यु

पाल्पा । पाल्पाको तानसेनमा मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कुखुरा बोकेको उक्त गए राति करिब १२-२० बजे तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा दुर्घटनामा परेको थियो। प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले सेतोपाटीलाई दिएको जानकारीअनुसार लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ आउँदै गर्दा कच्ची सडकबाट करिब २० मिटर तल खसेको हो । दुर्घटनामा परेर जिपका चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको उनले बताएका छन् । गम्भीर घाइते भएका उनीहरूलाई यूनाइटेड मिसन अस्पताल पाल्पा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताएका छन् ।

 


सम्बन्धित समाचार