Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसभित्र पुराना ‘बा’हरुको हैसियत अब क्रमशः किनारा लाग्दै जान थालेको छ । जसले आफ्नो गृह जिल्ला कब्जा गर्न सक्दैनन् तिनको राजनीतिक भविष्य पार्टीमा कस्तो होला भन्ने प्रश्न त्यतिबेला उठ्छ जुन बेला उनीहरु वैधानिक केन्द्रीय समितिका विरुद्ध पार्टी सम्पर्क कार्यालय खोलेर पुस्तौली राजनीतिको ब्याज खान खोजिरहेका छन् । काँग्रेसले असोज १६ देखि १९सम्म १५औं महाधिवेशन गर्ने तयारी गरिरहँदा महाधिवेशनको वैधानिकताका लागि आवश्यक पर्ने क्रियाशील सदस्यता अध्यावधि नगर्ने तीन पुस्तौली नेताहरुलाई उनकै गृहजिल्लाका पार्टी सभापतिहरुले त्यागेपछि हालत के होला ? प्राप्त समाचारअनुुसार वरिष्ठ नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला, डा. शेखर कोइराला जस्ता हस्तीहरुको गृहजिल्लाका सभापतिहरुले त उनीहरुलाई त्यागे भने निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका पार्टी सभापति भीमबहादुर साउदले समेत देउवाको शक्तिलाई त्यागेको अवस्था छ । भ्रष्टाचार काण्ड लागेर चोख्याइएका विजय गच्छदार, मोहन बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की जस्ता नेताहरुको त कुरै गर्न परेन । त्यहाँ आफ्नो दुनो सोझ्याउने र स्वार्थको राजनीति गर्नेहरुलाई पार्टीभित्रै पनि क्रमशः नंग्याउने काम भइरहेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अस्वीकार गर्ने यो समूह अहिले विधिको शासन नरुचाउने भनेर परिचित बन्दैछ । जसले पार्टी विभाजनको धम्की दिएर चुनदेवीमा ठेकेदार कान्छाराम तामाङको घरमा आफ्नो भित्री योजना तयार पार्ने अभियान चलाइरहेको छ । यिनीहरु पार्टीका डम्पिङ साइड हुन् भन्ने कुरा बुझेर नै काँग्रेसका जिल्ला सभापतिहरुले उनीहरुको साथ छोड्नेक्रम बढीरहेको छ ।
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३१
ताजा नेपाल