Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जिल्ला वन अधिकृतविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। उनीविरुद्ध ७० लाख रुपैयाँ नै बिगो कायम गरिएको छ।
वन अधिकृत मिश्रका छोरा नवीनकुमारले घुसवापतको ४० लाख रुपैयाँ बैंक खातामा राख्न सहयोग गरेको देखिएकाले उनीविरुद्ध पनि मुख्य कसुरदारसरह नै मुद्दा दायर भएको छ। उनीविरुद्ध ४० लाख रुपैयाँ नै बिगो कायम गरिएको छ। यस्तै, वन अधिकृत मिश्रलाई घुसवापत रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एन्ड तामाङ प्रा।लि। र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैँले २५ लाख रुपैयाँ दिएको देखिएकाले त्यति नै बिगो कायम गरी मुद्दा दायर गरिएको छ। अख्तियारका अनुसार उनको मृत्यु भइसकेको छ। ग्याल्जेनले नै बाँकी ४५ लाख रुपैयाँ पनि वन अधिकृत मिश्रलाई दिएको देखिएकाले थप त्यति नै बराबरको बिगो कायम गरी अख्तियारले मुद्दा दर्ता गरेको छ।