Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जीप दुर्घटनामा दुईको मृत्यु

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिएका छन् । डीएसपी श्रेष्ठका अनुसार दुर्घटनामा परी जीप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको हो । दुईजना मात्रै सवार जीप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो जीप कर्णाली राजमार्गबाट करीब ५०० मिटर तल खसेको छ ।घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल