Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २ सय १६ पक्राउ

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-३ ढाल्पामा कौडा खेलिरहेको अवस्थामा ३८ जनालाई नगद १५ लाख ५४ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ बस्ने २६ वर्षीय दिपक धितालको बिएण्डडी क्याफेमा जुवातास खेलिरहेको अवस्थानमा संचालक धिताल लगायत ८ जनालाई नगद ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-९ सूर्यमणिमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय रामगोपाल प्रजापती लगायत ७ जनालाई नगद १ लाख २५ हजार ८ सय ६५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लमजुङ, बेशीशहर नगरपालिका-११ चितिस्थित सूर्यसिंह क्षेत्रीको कुखुरापालनको लागि बनाइएको टहरामा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई नगद २ लाख १६ हजार ४ सय ३० रुपैयाँ र ३२ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-१७ सांग्रिला चोक बस्ने बिजयप्रसाद आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बिरौटा बस्ने ५८ वर्षीय शिव जी बराल लगायत १० जनालाई नगद १ लाख २४ हजार ९ सय ५५ रुपैयाँ, कौडा र तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-८ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई नगद २ लाख १० हजार ६ सय १० रुपैयाँ र १६ थान कौडा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-३ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई ४ लाख ४९ हजार ६ सय ३५ रुपैयाँ र १६ थान कौडा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेका १ सय २ जना पक्राउ
यसैबीच, भक्तपुर, सूर्यविनायक नगरपालिका(७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडा समेत ८ जनालाई नगद २ लाख ३७ हजार ५ सय रुपैयाँ र २ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका(९ ताथली बस्ने ३८ वर्षीय तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजु समेत ६ जनालाई नगद ६३ हजार ३ सय ४२ रुपैयाँ र ३ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी, गुल्मीदरवार गाउँपालिका(७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका(१२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जनालाई नगद २ लाख ८२ हजार ४ सय २२ रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वर्दिया, राजापुर नगरपालिका(१ बस्ने गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नगद ४५ हजार ७ सय १९ रुपैयाँ र २ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी वर्दिया, बाँसगढी नगरपालिका(९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(३ बस्ने प्रताप थारु लगायत ९ जनालाई नगद ८३ हजार ४ सय ५ रुपैयाँ र ६ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चितवन, खैरहनी नगरपालिका(१ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका(१ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जनालाई नगद १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ र १६ थाब कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका(१४ महेन्द्र चोकस्थित महिनी पाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका(८ बस्ने ४२ वर्षीय कुल बहादुर भुजेल लगायत १२ जनालाई नगद ३ लाख ८४ हजार १ सय रुपैयाँ र १६ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दाङ, लमही नगरपालिका(५ लमहीबजार बस्ने ४८ वर्षीय रत्न प्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्न प्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद ६ लाख ७८ हजार ५ सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल