Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खालबाट आधा दर्जन समातिए

कास्की । पोखरा उपमहानगरपालिका(११ पुरानधारा डेरा गरी बस्ने गोरखा आरुघाट गाउँपालिका(५ घर भएका ४९ वर्षीय खड्का बहादुर गुरुङले संचालन गरेको गोरखा एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा नगद २२ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक तास सहित गुरुङ लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार