Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यो जानकारी दिएका हुन्। मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो। सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ। त्यस्तै मृतकका परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको छ। आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ। मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ। मृतक सबैको अझै सनाखत हुन सकेको छैन। जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ। आज बिहान मात्रै चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। सनाखत नभएका शवको पनि सनाखतको प्रयास भइरहेको प्रहरीको भनाइ छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल