Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोखिम र दबाबमा बैङ्करहरू

काठमाडौँ । एकातिर नाफा बढाउनुपर्ने तनाव र अर्कोतिर जोखिम कम गर्नुपर्ने दबाबले बैङ्करहरू यति बेला चौतर्फी तनावमा छन् । पुँजी वृद्धि, शाखा विस्तार एवं लगानी विस्तारका साथै प्रविधिसमेतको विस्तारले बैङ्कको व्यवसाय बढेको त छ नै, साथमा जोखिम पनि बढिरहेका छन् । बैङ्करहरूलाई व्यवसाय विस्तार र जोखिम न्यूनीकरण बीचमा सन्तुलन कायम गर्न हम्मेहम्मे परिरहेको छ । एउटा बैङ्कसँग त्यसका सेयरधनी, सहकार्य गर्ने संस्थाहरू, कर्मचारी एवं ग्राहकसमेत जोडिएका हुन्छन् । सबैको चित्त बुझाउनका लागि बैङ्कलाई नाफा कमाउने दबाब हुन्छ । सेयरधनीले सेयरको मूल्यवृद्धिका साथमा बोनसको अपेक्षा गरेका हुन्छन् । कर्मचारीले तलब वृद्धि चाहन्छन् त ग्राहकले थप सेवा सुविधा चाहन्छन् । यी सबै कुरालाई ध्यानमा राखेर प्रत्येक वर्ष नाफा बढाउँदै जानुपर्ने दबाब बैङ्करलाई हुन्छ । नाफा घट्नेबित्तिकै सेयरधनी हच्किन्छन् । त्यसमाथि प्रतिस्पर्धात्मक बजार छ । अरू बैङ्कको भन्दा राम्रो गर्नुपर्ने दबाब पनि सञ्चालक समितिबाट आउँछ ।
बैङ्करले नाफा बढाउने मात्रै भनेर नियमविपरीत काम गर्नु पनि भएन । व्याजदर, निक्षेप सङ्कलन, कर्जा लगानीलगायत हरेक कुरामा राष्ट्र बैङ्कको नियमअनुसार चल्नुपर्ने हुन्छ । माग आयो भन्दैमा कर्जा लगानी गर्न पाइँदैन । केन्द्रीय बैङ्कले तोकेको क्षेत्रमा लगानी पु¥याउनुपर्छ । व्याजदर पनि नियमअनुसार लगाउनुपर्छ । घरजग्गा, गाडी जस्ता नाफा मात्र हुने तर देशलाई फाइदा नहुने कुराहरूमा कर्जा विस्तार गर्न राष्ट्र बैङ्कले कडाइँ गरेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दा प्रतिफल पाउन अलिक समय लाग्छ ।
नियमविपरीत काम गर्नेबित्तिकै बैङ्किङ कसुर लाग्ने डर हुन्छ । अहिले यस्ता घटना थुप्रै बाहिरिरहेका कारण अझ बढी कडाइँ भएको छ । आफ्नो मात्र फाइदा हेरेर नियमविपरीतका योजनाहरूमा लगानी गर्दा कुनै न कुनै बेला फसिन्छ । साथमा बैङ्कलाई पनि हानि हुन्छ । खराब कर्जा बढ्ने जस्ता समस्या यसै कारण आउन सक्छ ।
अहिले त सम्पत्ति शुद्धीकरणमा पनि थप कडाइँ गरिएको छ । बैङ्करले असामान्य ढङ्गले सम्पत्ति कमाएको थाहा हुनेबित्तिकै छानबिन हुन्छ । दोषी पाइएमा पूरै करिअर नै समाप्त हुन्छ । सर्वसाधारणको पैसाको जतन गर्ने एवं सही ठाउँमा लगानी गरी प्रतिफल दिने एक संवेदनशील संस्था हो बैङ्क । बैङ्करले नै यस विषयलाई नबुझ्ने हो भने ठूलो सङ्कट आइपर्छ । त्यसैले सम्पत्ति शुद्धीकरणमा कडाइँ गर्दै जोखिम न्यूनीकरण गर्न खोजिएको छ ।
प्रविधिको विकास एवं विस्तारसँगै त्यसको दुरूपयोग गर्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । विश्वव्यापीरूपमा नै ह्याकरहरूको बिगबिगी छ । ह्याकरको डरले प्रविधिको प्रयोग नगरेर पनि भएन । प्रविधिको प्रयोगले व्यवसाय विस्तारमा सहयोग पु¥याउँछ भने ग्राहकलाई पनि सहजता प्रदान गर्दछ । त्यसैले प्रविधिको प्रयोगमा सुरक्षा अपनाउनु पनि एक बैङ्करका लागि चुनौतीको विषय बनेको अवस्था छ । बैङ्करले आफ्नो विकास नभई बैङ्कको दीर्घकालीन विकासको बारेमा सोच्नुपर्छ । बैङ्कको विकाससँगै त्यससँग सम्बन्धित सबै पक्षको विकास हुन्छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल