Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोगिदै उचाल्दै शेखर समूह

काठमाडौं । शेखर कोइराला समूहले बानेश्वरमा आयोजित भेलामा अघिल्लो पुस्ताका नेता र पार्टीका पदाधिकारी गएनन् । डा. शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री फरमुल्ला मन्सुर भेलामा गएनन् । मन्सुर समानुपातिक कोटामा समावेश भएका छन् भने डा. मिनेन्द्र रिजाल पनि त्यहाँ थिएनन्, पूर्व विद्यार्थी नेता गुरुराज घिमिरे तरुण दलका पूर्व महासचिव भूपेन्द्र शाही नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यको डुक्राईलाई देउवा पक्षले कति सुन्लाल, जसले टिकट पाए पनि आफ्नो जिल्लामा चुनाव जित्न कठिन छ । डा. शेखरसँग डा. शशांक, सुजाता र प्रकाशमान सिंह समेत छैनन । विमलेन्द्र समानुपातिकमा बसेर सुरक्षित भइसके, काँग्रेसमा मात्र होइन, कम्युनिष्ट पार्टीहरूमा पनि आफू सुरक्षित भएपछि देखा नपर्ने चलन छ । स्वार्थको राजनीतिले काम गर्दा नेताले मागेको भाग नेताबाटै नपाउने अवस्था चर्को छ । काँग्रेसमा यस्तो आक्रोश कोइराला वंशले पेलेर जान्थ्यो । त्यही कारण देउवाले प्रजातन्त्र दरबारमा बुझाएर पार्टी फुटाएको कुरा डा. शेखरपक्षले कति छिटो बिर्सेको हो ? अहिले जति सक्यो मिलेर तान्न सक्नुपर्छ । स्वार्थभन्दा फरक चिन्तन दुवैतिर छैन । भूपेन्द्रजंग शाहीहरू महामन्त्री गगन थापा र नेता डा. शेखरलाई उकास्न पाएको टिकट च्यात्ने हैसियत राख्न सक्नुपर्छ भन्दैछन् । उनी पनि तरुण महासचिव बनेर एक कार्यकाल बिताए, जागिर छैन व्यापार छैन राजधानीको महंगीमा सानसँग टिकेकै छन् । पार्टी प्रतिको जनविश्वास डुबाउने र गुमाउने होइन जोगाउन तर्फ लाग्दा काँग्रेसको कल्याण छ । महामारी बढेको छ । महंगी, भ्रष्टाचार चरम छ तर डा. शेखर समूह बोल्दैन । काँग्रेसकै मन्त्रालय आपूर्ति तथा उद्योगले रक्सी भट्टी खोल्न उकास्छ पैसा लिँदै लाइसेन्स बाँड्छ । आयल निगम घाटा उपर गर्न मूल्य समायोजन गर्दैन । संस्थागत सुधारमा चासो दिँदैन । खोई काँग्रेसीको ध्यान त्यता गएको ? टिकटको मात्रै झगडाले पार्टी पनि बन्दैन गुट पनि बलियो हुँदैन । काँग्रेसलाई गठबन्धनबाट फाइदा छ । तर डा. शेखर समूहले स्थानीय चुनावमा ल्याएको प्रगति रुचाएको छैन । कम्युनिष्टहरू विवादित भएको फल काँग्रेसले पाएको हो । केपी ओलीका कारण कम्युनिष्टभित्र विवाद भएको हो । पार्टी फुटेको हो । लोकतन्त्रको रक्षा त्यहाँ हुन नसकेपछि नै काँग्रेसको काँधमा सत्ता गयो । शेरबहादुर काँग्रेसको काँधमा सत्ता गयो । शेरबहादुरसँग केपीको रिस हुनसक्छ । डा. शेखरको रिस पार्टी सत्ता पाइन भन्ने हो भने महाधिवेशनमा उनलाई रामचन्द्र, विमलेन्द्र जस्ता भारतका पिठ्ठुहरूबाट सहयोग लिन सक्नु पथ्र्यो । भारतबाट परिचालित नेताकै बीचमा एकता छैन, सदभाव भएन भने एक्लो कराउँदैमा के हुन्छ ? आफैं प्रदेश १ को सभापतिमा उठेर आफैंलाई भोट नदिने डा. शेखर, डा. शशांक, सुजाता, महेश आचार्य, डा. मिनेन्द् रिजाल, बलबहादुर केसीहरूले गुरु घिमिरेलाई अगाडि सार्दा संस्थापन थर्कन्छ भन्ने सोच्नु पनि गल्ती हुन्छ ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल