Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्ञानेन्द्र पनि राप्रपामा

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने बताए । राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्न महामन्त्री डा। धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्न प्रस्ताव गरेको थियो । स्रोतका अनुसार एकतापछि शाही राप्रपाको प्रवक्ता बन्नेछन् ।