Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्युदै मान्छे भट्टामा हाल्ने महताब आलम कारागार चलान

रौतहट । अपराधको पनि हद हुन्छ । ज्युदा मान्छेलाई इँटा भट्टामा पोल्ने एक अभियुक्त जेल चलान भएका छन् । राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लागि कारागार चलान भएका हुन् ।

२०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो । उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । आलममाथि लगाइएका तीन मुद्दामा आइतबार नै थुनछेक बहस थियो ।

तत्काल प्रापत प्रमाणका आधारमा महताब आलम बेकसुर हुन भन्ने नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो । अदालतको आदेशअनुसार महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ ।

२०६४ चैत २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इटा भट्टामा पोलेको आरोपमा रौतहट क्षेत्र नं। २ का सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।


सम्बन्धित समाचार