Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टीआरसी विधेयकमा अन्तिम सहमति जुटाउने प्रयास

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारीसहित सम्मिलित बैठक केही बेर अघि सुरु भएको हो । बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् । त्यसका साथै बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी लगायतको सहभागिता रहेको छ । यसअघि गृह मन्त्रालयमा संयन्त्रको बैठक बसेर विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएका थिए । आजको बैठकमा पूर्वकानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागिता रहेको छ । बैठकमा विधेयक सम्बन्धी सहमति जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ ।


सम्बन्धित समाचार