Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग टीआरसी ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक आज संसदीय समितिबाट पारित गर्ने तयारी गरिएको छ।
उक्त विधेयकका विवादित बुँदामा सहमति जुटाएको तीन दलीय कार्यदलले आफूले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाएको थियो। तीन दलका शीर्ष नेताबीच यसमा सहमति भएसँगै आज सो विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकबाट पारित गर्न लागिएको हो। यसका लागि अहिले बिहान ११ बजे समितिको बैठक बस्दै छ। २०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १७ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई बुधबार प्रतिवेदन हस्तान्तरण गरेको हो। विधेयक समितिबाट आजै पारित हुने अपेक्षा गरिएको छ। समितिबाट पारित भएपछि विधेयक यही साउन गामी २९ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल