Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टुट्यो गठबन्धन, बालुवाटार नगलेपछि बालकोटतिर प्रचण्ड

काठमाडौं । चुनावअघि नै बनेको सत्ता गठबन्धन लगभग टुटेको छ । नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटतिर लागेका छन्। आइतवार बिहान बालुवारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका हुन्। देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नमानेपछि दुई दलको वार्ता निष्कर्षविहीन भएको थियो। त्यसपछि प्रचण्ड दोस्रो तहका नेताहरुलाई बालुवाटारमै छाडेर बालकोटका लागि निस्किएका हुन्। बालकोट स्रोतका अनुसार प्रचण्डले आफू आउँदै गरेको खबर सचिवालयमा पठाइसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली पनि अन्य कार्यक्रम स्थगित गरेर प्रचण्डसँग संवादका लागि बालकोटमै बसिरहेका छन्। ओलीले यसअघि शीतल निवास र संसद भवनमा भएको सार्वजनिक भेटकै क्रममा प्रचण्डलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन्। तर प्रचण्डले ओलीको अझै विश्वास गर्ने आधार नभएकाले पहिलो जोडबल गठबन्धनमै गर्ने बताएका थिए। यस्तोमा शनिबार र आइतवार लगातार भएका छलफलमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएको थियो।