Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भोजपुर । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको बा३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनक बहादुर खड्का गम्भीर घाइते भएकाले विराट नर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शव परीक्षण भने आज जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताएका छन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल