Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्राफिकले देखायो सक्रियता

काठमाडौं । दशैं शुरु हुनासाथ यातायात व्यवसायीहरु र सरकारबीच चल्ने युद्ध यस पटक पनि बाँकी रहेन । इन्धनको मूल्य वृद्धि नभए पनि दशैंको मुखमा भाडा बढाउनुपर्ने माग राख्दै व्यवसायीहरुले केही दिन यातायात व्यवस्था कार्यालयलाई सास्ती दिए । आखिर उनीहरुले गाडी ग्यारेजमा थन्क्याएर उपब्धी प्राप्त हुने केही थिएन । गाडी सडकमा गुडाउनै पथ्र्यो । अन्ततः केही नलागेपछि बिग्रेका सडका खाल्डा खुल्डी मर्मत गरिदिनु पर्ने माग राखेर व्यवसायीहरुले असोज ५ गतेबाट दशैं र तिहारको उपलक्ष्यमा टिकट बुकिङ खुल्ला गरेका छन् ।

व्यवसायीहरुको गलत प्रवृत्तिका विरुद्ध सडकमा बसेर निगरानी गर्ने ट्राफिक प्रहरी पनि यही बेला नयाँ नेतृत्वसँगै सक्रिय हुन थालेको छ । एसएसपी भीम ढकाल गत साता ट्राफिक महाशाखाको प्रमुख बनेपछि उनले निकै सक्रियता देखाएका छन् । केही दिन यता उनी आफैं लामा दुरीमा चल्ने बसहरुले यात्रु ठगी गरे गरेनन् भन्ने निगरानी गर्न खटिएका छन् । ढकालकाअनुसार, ट्राफिक सुधारका निम्ति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमार्फत् काम अगाडि बढाउने तयारी हुँदैछ । सडक बत्तीहरुको व्यवस्थापन, अनावश्यक होर्डिङ बोर्डहरु हटाउने प्रक्रियाको शुरुआत, सडकलाई कुरुप बनाउने गरी झुण्डिएका केबुल, विद्युत तथा टेलिफोनका तारहरुको व्यवथापन पहिलो निशानामा परेका छन् ।
आङ्खनो कार्यकालभर ट्राफिक प्रहरीलाई विवादरहित ढंगले सञ्चालन गर्ने जो हाकिम आए पनि बताउँछन् ।

समय बित्दै जान्छ ट्राफिकको चाला गलत ढंगले गाडी चलाउनेहरुसँग हात मिलाउने क्रम शुरु भइहाल्छ । तर केही समय यता, प्रहरी नेतृत्वमा देखिएको इमान्दारिताले घुस खुवाउने यातायात व्यवसायी तथा चालकहरुलाई नै प्रहरी र ट्राफिक प्रहरीले पक्रन थालेको छ । उपत्यकामा एक हजार ८४ जना ट्राफिक प्रहरीको दरबन्दी छ । तर, उपत्यकामा एक हजार ३६८ जना कार्यरत छन् । १ जना ट्राफिक प्रहरी बराबर ९०० सवारी साधन र १ ट्राफिक प्रहरी बराबर १ं५ किलोमिटर सडक हेर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकामा १ लेनको सडक ६६० किलोमिटर छ । यस्तै २ लेनको सडक २३९ किलोमिटर र ४ लेनको १९३ किलोमिटर सडक छ ।

एसएसपी ढकाल ४ दिनअघि मात्र ट्राफिक महाशाखाको प्रमुख भएर आएका हुन् । महाशाखा आएपछि एसएसपी ढकालले सातवटा योजना अघि सादै कार्यान्वयनमा लैजाने घोषणा गरे ।
शुरुआत राम्रै भएको अवस्थामा नेतृत्व लिन आइपुगेका एसएसपी भीम ढकाललाई केही समय बधाई तथा शुभकामनाका कार्यक्रमहरुमा सहभागी हुनु पर्ने बाध्यता हुनसक्छ । उनको यो बाध्यतासँगै आफूले सम्हालेको संगठनलाई चुस्त बनाउनका निम्ति विभिन्न कार्ययोजना ल्याइसकेका पनि छन् । उनले ल्याएका ती योजनाहरु कार्यान्वयनको प्रक्रियामा कसरी जान्छन् त्यो भने अब कुर्नुपर्ने छ ।

एसएसपी ढकालका योजना
१. स्मार्ट ट्राफिक प्रहरी
२. समस्यालाई प्राथमिकता, समाधानमा तदारुकता
३. प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड
४. व्यवहारमा विनम्रता, कानुन कार्यान्वयनमा कडाई
५. सरोकारवाला निकायसँग उपलब्धीपूर्ण सहकार्य
६. ट्राफिक अनुशिक्षण र जनचेतामा विशिष्टिकरण
७. ट्राफिक नियमको पालना, आम नागरिकको चाहना