Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्लुएचओको ६ भित्र पनि परेन रुसले बनाएको कोरोना भ्याक्सिन

एजेन्सी । रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिनको विश्वसनियतामा गरिएको अन्तर्राष्ट्रिय शंका र चिन्ता ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भइरहेका बेला त्यसमा गरिएको आशंकाको रूसले खण्डन गरेको हो ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न मुलुकहरुले भ्याक्सिनको मागसमेत गरिसकेका छन् । रूसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमासमेत प्रयोग गरिएको छ ।
पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोनाविरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड १९ का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् । तर, विज्ञहरुले भने रूसको उक्त दाबीमाथि शंका गर्दै आइरहेका छन् । विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रूसको दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् ।
बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’ उनका अनुसार अबको २ महिनामा चिकित्सकहरूमा पनि खोप लगाउन शुरू गरिनेछ । रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ । तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा खोपमा रूसले तयार पारेको भनेर दाबी गरेको खोप नपरेको बीबीसीले जनाएको छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल