Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डर गगन र बालेनलाई पनि

जति थरि जोडिएर हामी ठूलो हुन्छौं भने पनि नेपाली कम्युनिष्ट पार्टीका नेता पद भ्रष्ट, सत्ता लम्पट बन्नबाट जोगिए पुग्छ । चुनावी परिणाम कस्तो आउँछ । काँग्रेसका सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेन शाहकै उम्मेदवारी कस्तो हुने हो निश्चित छैन । जहाँ चुनावी माहोल रातरात फेरिन्छ । झापा र सप्तरी आफैमा भारतीय सीमा जोडिएका जिल्ला हुन् । जहाँ मतदाताको बसाइ भारतमा छ । लोकतन्त्रले मधेशका सीमा जोडिएका जिल्लामा नेपाली नागरिकता बेच्यो दलका कार्यकर्ता र प्रजिअलाई धनी बनायो । भारतको राशन कार्ड भएका कति नेपालमा छन् । तिनैको भर पर्नु पर्ने उम्मेदवार तराई मधेशमा छन् । हम मधेशी पुत्र छि भन्दै बालेनले प्रतिस्पर्धा गर्नु त गतिलैसँग गर्नुपर्छ भनेर झापा ५ पुगेका छन् । पदमा रहँदाको कामको परिक्षण उनको भएकोछ । जनतासँग जोडिन नचाहने गाडीमा हात हल्लाउँदै हिँड्ने भन्ने आरोपलाई झापामै पुगेर उनले सुकुम्बासी वस्ती पुगेर खण्डन गरे । जुन वस्तीकोसमस्या ३४ वर्षदेखि त्यही छ । केपी ओली झापा ५ बाट निर्वाचित भएको समय पनि त्यही बराबर हो । तर सुकुम्बासीले पूर्जा पाएनन् । प्रचारमा महाराज शैलीमा झुण्डको बीचमा ओली पुग्लान् । तर बालेन खुलम खुल्ला हिँडेका छन् । भोलिको गठबन्धन विचार र कार्यक्रम विहीन जस्तो रास्वपाको सम्बन्ध काँग्रेससँगै हुनसक्छ । सांसद संख्या र तत्कालिन दबाव कता पर्छ तर नेकपा एमालेको ओली झुण्डसँग ओलीलाई नै प्रधानमन्त्री स्वीकार्ने गरी नेपाली कम्युनिष्ट पार्टी सरकारमा नगए राम्रो हो । ओलीबाट दबाइएका एमाले कार्यकर्ता र जनताको माग ओलीहरू निर्वाचन नजितुन भन्ने छ । देश काल परिस्थिति त्यस्तै छ र फोन गर्दैछन् । उता बालेन ओलीकै चुनाव प्रचार कार्यालयमा पुगेका छन् भने रवि लामिछाने काँग्रेसको उम्मेदवारको चुनाव प्रचार कार्यालयमा पुगेर मत मागिरहेका छन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल