Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. अमरेशको कुरा कसले सुन्छ ? 

काठमाण्डौ । नेपाली काँग्रसले डा. अमरेश कुमार सिंहलाई लखेट्यो अर्थतन्त्रका जानकार स्थानीय तह देखि संघिय र प्रदेशको चुनाव घोषणा पत्रका मसौदाकार डा. स्वर्णिम वाग्लेलाई पनि खेद्यो । काँग्रेसमा उमेश श्रेष्ठ, विनोद चौधरी, जीप छिरिङ लामाजस्ता योग्य हुन्छन । दाई भाउजूको पार्टीले कार्यकर्ताको मूल्याङकन गरेन । गुटवन्दी सवै दलमा छ । काँग्रेसमा त्यस्तो गुटवन्दी शेरबहादुर देउवा डा. शेखर कोईराला भित्र सिँगो रूप छ । त्यहाँ मधेसमा विमलेन्द्र निधिको हैकम छ । उपत्यकामा प्रकाशमान सिंहको हैकम छ । तर पनि काँग्रेस चेत्दैन । गुटवन्दी यीनको स्वभाव वन्दैछ । जनचासो यीनमा छैन । हुकुमी काँग्रेसमा डा. शेखर डा. शशांक सुजाता कोईराला जस्ता वंशवादको विडो धान्न तम्सेकाहरू सफल भएनन । १३ औं र १४ औं महाधिवेशनले सभापति शेरबहादुर देउवालाई सभापति बनायो । तर देउवाको कार्यकाल कोईरालाहरूको कार्यकाल भन्दा फरक थिएन र छैन । पार्टीका बिभागहरूको पूर्णता छैन । राजनीतिलाई सत्ताको भ¥याङ बनाएका डा. आरजू राणा जस्ता र सुजाताले देश लुटेकै थिए । मधेसमा विमलेन्द्र निधिहरू पनि छन् । यस्ता लुटाहका अगाडि डा. अमरेश सिंह अटाउन कसरी ? जसलाई काँग्रेसले टिकट दिएन । जनताका बीचमा उनी लोकप्रिय थिए चुनाव जिते । काँग्रेसको थेच्चर समूह दंग भयो । डा. सिंह स्पष्ट वक्ता छन । उनलाई भारतीय गुप्तचर समूहसँग जोडिन्छ ।
सिंहले संसदमा राजनीतिलाई कमाइ गर्ने थलो होईन समाज सेवामा रूपान्तरण गर्नु पर्ने धारणा राखेका छन । सांसदले पनि तलव लिन हुन्न बैठक भत्ता मात्र लिएर देशका लागि सेवा गर्नु पर्छ भन्ने सिंहको भनाई कार्यन्वयन गर्ने काँग्रेस र एमालेको दायित्व भनेको देश लुटने नै हो । माओवादी र मधेसवादी थपिए । संघिय प्रदेश सांसद सांसद नगर पालिका गाउँ पालिकाका वडा सदस्य सम्मलाई मासीक तलव बाँडेर लोकतन्त्रलाई जागीर तन्त्रमा लगियो । डा. अमरेशले राखेको तलव नलिने हिम्मतलाई राष्ट्रलुटमा सरिक दलहरूले कार्यन्वयन गर्न सक्लान ? किनकी जोगी वन्न राजनीति गरिँदैन भन्ने महाराज नेकपा एमालेमा अध्यक्ष छन् ।