Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा केसीलाई संक्रमणको खतरा

काठमाडौं । १९औं अनसन जुम्लामा शुरु गरेका डा. गोविन्द केसी आठ दिनदेखि सत्याग्रहमा रहेका छन् । डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा भएको चिकित्सकहरुले बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार दिउँसो एक विज्ञप्ति जारी गदै डा. केसीको रगतमा चिनीको मात्रा अति कम रहेको र प्रमुख अंगमा जटिल समस्या देखिन थालेको जानकारी दिएको छ । तर डा. केसीले कुनै स्वास्थ्य परीक्षण गराउन नमानेको विज्ञप्तिमा उल्लेख छ ।

हाल उनलाई प्रतिष्ठानको आईसियूमा राखिएको छ। डा. केसीको स्वास्थ्य जाँच तथा उपचार पूर्ण रुपमा अस्वीकार गरिरहेको हुँदा सहज हुने स्थानमा स्थानान्तरण गर्न चिकित्सकहरुले सुझाएका छन् । गत भदौ २९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्‍नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६, रानीचौरमा रहेको वाविरा मन्दिरमा १९औँ सत्याग्रह सुरु गरेका थिए ।


सम्बन्धित समाचार