Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. पंंकज समातिए, परिवारका सदस्य फरार

काठमाडौं । अज्ञानताका कारण रुढीवाद बढेको होइन । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर ५ का डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान्‌बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ । मंगलवार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको बताए । पंकजमाथि कानून बमोजिम कारबाही प्रक्रिया थाल्ने पंगेनीको भनाइ छ । महोत्तरीको औरही(१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर(५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्‌को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।
नेहा भन्छिन्, ‘श्रीमान् पंकजलाई मात्र पक्राउ गरेर हुँदैन । मलाई कुटपिट गर्ने र घर निकाला गर्नेमा सासू(ससुरासहित उनको परिवारका सबै सदस्य संलग्न छन् । उनीहरूलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्छ ।’ पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन् । घरको मुख्यद्वारमा अहिले ताला लागेको छ । एसपी पंगेनीले अहिले पंकजलाई पक्राउ गरेको र अन्यलाई पक्राउ गर्नुपरे आवश्यकताअनुसार पछि गर्ने बताए । नेहा र पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए । ७७ साल फागुनमा ईंगेजमेन्ट भएपछि पंकजले नेहाको परिवारसित विभिन्न डिमान्ड गरेर दुस्ख दिन थालेका हुन् । अन्ततः ईंगेजमेन्टको एक वर्षपछि गत फागुनमा विवाह भएको थियो । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले धुमधामसँग छोरीको विवाह गरिदिएको थियो । नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०(६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् ।
पंकज एमबीबीएस डाक्टर हुन् । उनले जिल्ला अदालत महोत्तरीमा डिभोर्स मुद्दा दर्ता गराइसकेका छन् । हिंस्रक श्रीमान्विरुद्ध नेहाले पनि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी छन् ।