Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. शेखर जुर्मुराउँदा ओली थर्कमान

काठमाडौं । काँग्रेसले भ्रष्ट मन्त्री परिवर्तन गर्न चासो नदिँदा सभापति शेरबहादुर देउवा विरोधको निशानामा परेका छन् । बदनाम मन्त्री हटाउ एक वर्षे अवधिमा कार्य क्षमता देखाउन नसकेका मन्त्री हटाउ भन्ने डा. शेखर कोइरालाको आग्रहलाई संस्थापनले बेवास्ता गर्दा भ्रष्टाचारी मन्त्री जोगिएका हुन् । काँग्रेस, एमाले गठबन्धनलाई जोगाउने कसरतमा छन् । त्यो कसरत भत्काउन डा. शेखर चाहन्छन् । उनले विवाद पर्दा गृहमन्त्रीलाई समेत निष्ठा र त्याग देखाउन पद त्यागेर नैतिकता देखाउन सुझाव दिएका थिए । कर्मचारी कुलिङ पिरियड हटाउने कुरामा सबै सहमत भएका थिए । तर एमाले कर्मचारीका अपराध लुकाउन तल्लित भयो । एमालेका कारण त्यो विवाद जारी छ । डा. शेखरका कुराले प्रधानमन्त्री पनि झस्कने गर्छन् किनकि कुर्सी उनको प्यारो छ । बदमास बोकेर व्यवस्थाको इज्जत रहँदैन । काँग्रेसकै छन् बदनाम धेरै भन्ने छैन । एमालेका पनि त्यस्तै छन् । सार्वजनिक जमिन माफियालाई पोस्ने काम एमालेले बढी गर्छ । काँग्रेस सारथी बन्छ । अहिले भएको त्यही हो । सरकारले जनउत्तरदायित्व पूरा गरेको छैन । काँग्रेसमा बोल्न छुट छ एमालेमा त्यो पनि छैन । त्यहाँ बोल्यो कि डा. भीम रावल हुनुपर्छ भन्ने कुरा अध्यक्ष केपी ओलीको व्यवहारले देखाउँछ । मुलुक संविधान लत्याउँदै चलेको छ । सरकारले जनउत्तरदायित्वको ख्याल नगर्दा एकपछि अर्को विवाद थप भएको छ । बोल्ने बोलिरहने बहुमत वालाले साथन दिने भएपछि विकृति र विसंगतिको भड्खालो सबैतिर थपिएको छ । यो देशमा लोकतन्त्र काँग्रेस र एमालेका लागि मात्र हो भन्ने भयो । विवादितमा काँग्रेसका उपप्रम प्रकाशमान सिंह नै छन् । परराष्ट्रमन्त्रीले विदेश घुमिन्, परराष्ट्र नीति कतै सुधारेकी छैनन् । गृहमन्त्रीको वर्णन के गर्नु, खेलकुद मन्त्री पूर्ण असफल भए । भ्रष्टाचारमै रमाएका ऊर्जामन्त्री दिपक खड्का डा. शशांकको साथमा छन् । मन्त्री बन्दा डा. शेखर समूह अहिले कित्ता फेरेर गगन थापातिर लागेका पर्यटनमन्त्री बद्री पाण्डेले त नागरिक उड्डन प्राधिकरणका भ्रष्ट महानिर्देशक प्रदीप अधिकारीको लुट सहेकै छन् । सुधार वायुसेवा निगममा भएको छैन । मन्त्री पैसा लिँदै क्यासिनोको लाइसेन्स बेच्न तल्लिन छन् । उनी डा. शेखरकै टिमका हुन् । महामन्त्री गगनको उर्भौला व्यवहारको पछि लागेका छन् । गगन आफैं भ्रष्ट छन् । काँग्रेसको यही टोलीलाई फिर्ता नगर्दा नेकपा एमालेका उद्योगमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको पद जोगिएको हो । ७८ लाख घुस काण्डका संघीय मालिमा मन्त्रीले राजीनामा दिए, पैसा पचाए । तर ७० लाख घुस लिएका भूमिमन्त्री बलराम अधिकारीमाथि अझै कारबाही भएको छैन । यी दुवै प्रधानमन्त्री ओलीको संरक्षणमा भएको बताइन्छ । काँग्रेसमा संस्थापन पक्षका नेताहरू अहंकार र दम्बले ग्रस्त छन् । तिनले सरकारको व्यवस्थापन गर्न रुचाउँदैनन् । विवादितलाई नबोकौं अरुलाई पालो दिऊँ भन्ने डा. शेखरको सिद्धान्त बहुमतको नाममा अल्पमतमाथि दमन गर्ने देउवा गुटको लुटेरा चिन्तनले सोच्दैन । काँग्रेस काँग्रेस जस्तो नहुने, एमाले कम्युनिष्ट जस्तो नहुने भएपछि संसदका साना दल पनि सुध्रिन सकेका छनन् । सबै दल विवादित छन् । काँग्रेस र एमालेसँग रिसाएका रवि र सिकेको पछि लागेका साना क्षेत्रीय दलहरू समेत नेतृत्वको विषयमा विवादमा छन् ।
आज सरकारमा काँग्रेस छ । राष्ट्रको राजश्व खर्चेर गणेशमान पुत्र तरुण दल र महिला संघको नाममा भवन बनाउँदैछन् । राजाले दिएको प्रधानमन्त्री पद नखाने पिताको छोरा उपप्रम एवं शहरी विकासमन्त्री बन्दा असक्षम र लुटाहा बन्छन भन्ने कसैले सोच्दैन । तर काँग्रेसमा यस्ता विषयले ठाउँ पाउँदैन । भ्रष्टाचार, बेथिति नै त्यो काँग्रेसको सम्पत्ति हो । त्यही कारण भ्रष्टाचारी र बदनामी कमाएका मन्त्री हट्नु पर्छ, नयाँलाई मौका दिनुपर्छ भन्दा भ्रष्ट कुलायनका श्रीमान शेरबहादुर देउवाले डा. शेखरको आग्रह मात्र होइन सुझावसम्म सुन्दैनन् । प्रधानमन्त्रीले गरुन् के ?

 


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल