Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डिल्लीबजारका कैदीबन्दीबीच भयो झडप

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले कैदीबन्दीबीच डिल्लीबजार कारागारमा झडप भएको पुष्टि गरेका हुन । उनले भने, अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छ । के कारणले झडप भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनका अनुसार कैदीबन्दीबीच झडप भएपनि अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । झडपको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल