Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डोजर आतंक विनासको कारक

काठमाण्डौ । राजनीति दलहरुले राष्ट्रिय विकास र सम्वृद्दिको आधार जथाभावी डोजर चलाएर सडक बनाउने योजना लागू गरेका छन् । कुनै पनि राजनीति दलको प्राकृतिक संरक्षण, वातावरण विनास रोक्ने बोट विरुवा रोप्ने, नदि किनारमा ढुङ्गा गिटी बालुवा खानी स्थापना गर्न नदिने योजना छैन । दलहरुले विकासका लागि भूक्षय, जंगल फडनी, ढुङ्ग खानी बालुवाखानी संचालन गर्न आफ्नै पार्टीका ठेकदारहरु खटाएका छन् । मानव सिर्जित प्राकृतिक प्रकोपले हरेक वर्ष बाढी पहिरोले जनजीवन आतंकित भएको छ ।

सरकार नै व्यापार घाटा घटाउन भारतीय सहर बसाउने गरि देशका ९२ स्थानमा खानी संचालन गर्ने भन्दैछ । भारतलाई रिझाएर देशको जंगल फाँड्ने क्रम चुरे दोहोनको श्रृखला घटेको छैन । असारको शुरुवाट देशैभर बाढी पहिरो शुरु भएको छ । नेपालको मौसम वंगालको खाडीबाट बदल्छ । तर पूर्व तयारी कतै छैन । सत्तामा हुनेले देशको प्राकृति श्रोत दोहन गर्ने विकासका नाममा स्थानीय तहका जनप्रतिनिधिलाई ठेकदार बनाएर डोजर आतंकले भूक्षय निम्त्यायो । प्राविधिक ज्ञान नभए पनि राजनीति आड पाएका ठेकदारले नै भूक्षयको निम्तो दिएका हुन् । विकास पनि जरुरी छ तर त्यसको प्राविधिक पक्षलाई ध्यान दिएको छैन ।

सरकार डोजरले डाँडा भत्काएर विकास खोजिरहेको छ । वर्षादको समयमा त्यही डोजरले भत्काएको पहाड काल बनेर आएको छ । आफ्नो देशको धरातल कहाँ कस्तो छ त्यसको पहिचान समेत राज्यले गरेन । सिहंदरबारको शक्ति लिएर डोजर चलाउने जनप्रतिनिधिलाई भने प्राकृतिक श्रोतको संरक्षणमा चासो छैन । देश चलाउने शासकहरुलाई बाढी पहिरोबाट पनि फाईदा छ । कोरोनाको महामारीमा पनि फाईदा भयो । कोरोनाले श्रमीक वर्ग काम बिना भोकभोकै छ । राज्यका तीनै निकायलाई समाजमा गरिबी जीवन बिताएको समूहलाई खोजी गर्नु पर्छ भन्ने जिम्मेवारी बोध समेत देखिदैन । सरकार केवल शासन गर्ने, बजेटको बाडफाँडमा भेदभाव गर्ने, भ्रष्टचार र कमिशन तन्त्रमा ध्यान दिनेमा जोड गर्छन् । गृहको विपत व्यवस्थापन क्षेत्र फित्तलो छ ।

निजी क्षेत्र सकृय छ उसको हातमा आर्थिक श्रोत छैन । कृषि योग्य भूमि राज्यले नै बगर बनाउन खानी चलाउने भन्दैछ । राजनीतिमा निष्ठा छैन व्यवहारमा प्रतिबद्दता छैन, भाषणमा विकास छ काममा गति छैन । केन्द्रीय सत्तामा वादी जुनसुकै पुगोस् उसको ध्यान गुटबन्दीका आधारमा राज्यको श्रोत साधन परिचालन गर्नु नै प्राथमिकतामा पर्छ । दाताले दिएको पैसा सिन्धुपाल्चोकका जुरे पहिरो पिडितले ६ वर्ष बित्दा पनि पाएका छैनन् । त्यही सिन्धुपाल्चोकमा निरन्तर दैवी प्रकोप थपिएको छ । भूकम्प पिडितले घर बनाउन सकेका छैन । त्यस पटक मेलम्ची र हेलम्बु जस्ता ठाँउ चपेटामा परेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल