Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ड्युटीका प्रहरीलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ

बारा । निजगढ नगरपालिका-१३ रतनपुर बुम्जोरस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ वटा सवारी साधनका चालकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बा।३ क ७०७ नम्बरको टिपरका चालक सल्यान बागचौर नगरपालिका-४ सिवर टोल बस्ने २० बर्षीय नरेश बिक र बा।४ ख १४९ नम्बरको मिनिट्रकका चालक ललितपुर कोन्ज्योसोम गाउँपालिका(६ शिरोडाँडा टोल बस्ने ३० वर्षीय नवराज ब्लोन रहेका छन् ।
काठमाडौं दक्षिणकालीबाट यात्रु बोकी जाँदै गरेका उक्त सवारी साधनहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै उक्त दुवै सवारी साधनका ५० जना यात्रुहरुलाई चिकित्सकद्वारा आवश्यक स्वस्थ्य परीक्षण गराई आ-आफ्नो घरमा क्वारेन्टाइनमा बस्ने सुझाव सहित पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार