Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने जानकारी दिएको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
जसअनुसार चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय प्रदान गरिएको छ ।
आयोगले गत फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक दाबी विरोध समेत बमोजिमको मतदाता नामावलीको आधारमा दुई जिल्लाको उपनिर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल