Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तरलता बढेपछि राष्ट्र बैंकद्‍ले फेरि २० अर्बको रिभर्स रिपो जारी गर्यो

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि रिभर्स रिपो जारी गरेको छ। असार ७ र १० गते रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले मंगलबार पुनस् २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको हो।
प्रणालीमा अधिक भएको तरलता तान्ने मौद्रिक औजार हो रिभर्स रिपो। राष्ट्र बैंकले असार ७ मा १० अर्ब रुपैयाँ र १० गते २० अर्ब रुपैयाँ रिभर्स रिपो जारी गरेको थियो।
प्रणालीमा करिब ४० अर्ब रुपैयाँ अधिक तरलता छ। तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा चौथो पटक रिभर्स रिपो जारी गरेको हो।
यसअघि चैत १० गते पनि ५ अर्बको रिभर्स रिपो जारी गरिएको थियो। रिभर्स रिपो जारी गरेपछि अन्तर बैंक ब्याज दर उक्लिदै गएको छ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल