Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा ‘तुलसा अधिकारी’ नामबाट परिचित तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति काठमाडौँ ल्याइएको हो। उनीविरुद्ध दायर मुद्दासम्बन्धी थुनछेक प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।
अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता भइसकेको छ। फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।
प्रहरीका अनुसार ललितपुरका एक व्यवसायीले अधिकारीविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै लगातार ब्ल्याकमेल गरेको आरोप लगाइएको छ।
जाहेरीकर्ताको दाबीअनुसार अधिकारीले धम्की र दबाबमार्फत करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री लिएकी थिइन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२०८३ जेष्ठ १७
ताजा नेपाल
२०८३ जेष्ठ १७
ताजा नेपाल
२०८३ जेष्ठ १७
ताजा नेपाल