Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तेस्रो विवाह गर्दै आमिर खान

मुम्बाई । बलिउडका सुपरस्टार मिस्टर पर्फेक्सनिस्ट आमिर खानले आफ्नो विवाहको योजनाबारे सार्वजनिक रूपमा जानकारी दिएका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्नो विवाहको घोषणा गर्दै भने, आउँदो जुलाई ५ मा मेरो विवाह हुँदैछ। यो दिन मेरा लागि निकै विशेष र महत्वपूर्ण दिन हो । मेरो विवाह समारोह एकदमै निजी हुनेछ । जहाँ दुवैतर्फका परिवारका सदस्य र केही नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।

आमिर खानले जुलाई ५ मा गौरी स्प्रैटसँग विवाह गर्न लागेका हुन् । यसै वर्षको सुरुवातमा ६०औँ जन्मदिनको अवसर पारेर आमिरले पहिलोपटक मिडियाका सामु गौरीलाई चिनाएका थिए । र प्रेम सम्बन्धको औपचारिक पुष्टि गरेका थिए ।

आमिर खानको यो तेस्रो विवाह हो । उनको पहिलो विवाह रीना दत्तासँग भएको थियो । जसबाट उनका दुई सन्तान छोरा जुनैद र छोरी इरा छन्। त्यसपछि उनले फिल्म निर्माता किरण रावसँग विवाह गरेका थिए । जसबाट उनको एक छोरा आजाद छन् । किरणसँग केही समयअघि उनको सम्बन्धविच्छेद भएको थियो ।