Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार ३३५ रुपैयाँ थियो । गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । रेकर्ड मूल्यबाट सुनको भाउ करिब ३२ हजार घटिसकेको छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल