Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थन्किए रवि र गगन

काठमाडौं । नेताका लागि आएको लोकतन्त्र जनताका लागि दलाल, कमिशन खोर, विचौलिया र तस्करी तन्त्रमा परिणत भएको छ । पदका लागि विचार र सिद्धान्त तिलाञ्जली दिएर आफ्नै पार्टीको उद्देश्य र लक्ष्य त्याग्न सबै एकजुट भएका छन् । संघीयता, गणतन्त्र, समावेशीताको लहर चलाएर नेताका स्वार्थमा देश दौडिएको कारण भ्रष्टाचार घट्ने र जनसरोकारका विषयमा कसैको ध्यान जाँदैन । कालोबजार र महंगीले जनता पीडित छन् । तर कम्युनिष्टहरू केन्द्रदेखि प्रदेशसम्म अस्थिर बन्दा सरकार फेरियो । केन्द्र शासित प्रदेशहरूले पनि कालो बजारमाथि प्रहार गर्न सक्ने भएनन् । किनकि त्यहाँ झन् भ्रष्ट छन् ।
सरकार गठन गर्ने तर पूर्णता नदिने कुरामा एमाले अगाडि थियो । उसले कोशी, गण्डकी, कर्णाली प्रदेशको मुख्यमन्त्री लिएको बेला मधेश प्रदेशमा उपेन्द्र यादवलाई तह लगाएर जनमत पार्टी मुख्यमन्त्रीमा पुगेर सरकार पूर्ण नहुँदै भत्कँदैछ । ठूला दल धेरै सांसदको यहाँ कुरा थिएन । सहकार्यका कारण चार सांसद भएको नेकपा एकीकृतले सुदूरपश्चिममा मुख्यमन्त्री पाएको भएर पनि एमालेले मन्त्री नपठाई दिँदा दीर्घ सोडारी अल्पमतमा थिए । केन्द्रको कारण संवैधानिक संकट व्यहोर्नु पर्ने अवस्था रहेन । एमाले अध्यक्ष केपी ओलीले आफूसँग चोइटिएको नेकपा एकीकृत समाजवादीमाथि सद्भाव र दयाको राजनीतिक संस्कार देखाएन । अहिले उनै प्रधानमन्त्री भएका छन् । आफू बाहेक अरुलाई नगन्ने, हेप्ने, डस्नेहरूमाथि केपी ओली उदार भएनन् । अस्थिरताका कारण उनै भए । देशलाई संकटमुक्त गर्ने बहादुर छैनन् । ओलील्े हेप्ता देउवातिर, देउवाको भष्मासुरले नटेर्दा ओलीतिर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वार्थ मौलाएको हो । भ्रष्टाचार, बेथिति चम्काउन नदिने प्रधानमन्त्रीको अठोट खेर गएको थियो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेला देशमा एकैचोटी दर्जनौं समस्या आएका थिए । साहुकर र मिटरब्याजले मधेश थला प¥यो । त्यो मधेशको सरकारले जिम्मेवारी लिएन अघिल्लो कार्यकाल साइकल र छोरीमै बित्यो । सरकार गठन गर्ने मधेशका क्षेत्रीय दल दाइजो प्रथा रोक्न, बोक्सीको आरोपमा गाउँ टोलका गरिबमाथि गाउँकै फटाहाले गरेको शोषण उपर प्रहार गर्ने क्षमता भएन । त्यस्तो सरकारले मिटर ब्याज र साहुकरको शोषण नियन्त्रण गर्छ भन्ने विश्वास भएन । पीडितहरू सिंहदरबार आए । अहिले पनि सहकारी पीडितको सडकमा जात्रा छ । रहरले चर्को गर्मी र घाममाथि खेल्न कोही चाहँदैन । तत्कालिन सरकारका गृह तथा उपप्रम नै शहकारीबाट करोडौं हजम गर्न सफल पात्र हुन् । तीनले त्यो शासनलाई कमाई गर्नेठाउँ बनाए । नैतिक रुपमा आफ्ना बारेमा कुरा उठेपछि उनले केही समयका लागि पद त्याग गर्नुपथ्र्यो । तर रवि लामिछानेले पद त्याग्नु परेन । उनका मालिक एमाले अध्यक्ष केपी ओलीले समेत हिजो यस्ता भ्रष्ट र लुटाहालाई माफी दिलाएको अवस्था हो । सत्ता, शक्ति र स्वार्थमा चलेको देशको राजनीति सुधार उन्मुख छैन । संघीयतालाई घाँडो बनाउने र स्थानीय तहलाई पंगु बनाउन नेताहरू जसरी लुटेका छन् त्यसरी नै एक अर्कामा अविश्वास बढेको छ ।
हिजो संसदको बहुमत कानुन संवत नहुँदा गण्डकी प्रदेश सर्वोच्च अदालतको फैसलामा घुमेको हो । जनताको पक्षमा काम गर्नका लागि पद र कुर्सी नै जरुरी थिएन । तर बनाइयो त्यस्तै । राजनीतिक स्वार्थ समाज सेवामा छैन । कोशी प्रदेश त्यस्तै द्वन्द्वमा फस्यो, सरकार बनाउने, ढाल्ने कुरामा हिजो कोशी अगाडि भयो । आज गण्डकी पनि थपियो । अब त कुरा मिल्ला जस्तो छ । दलका नेताले जानी जानी प्रदेशमा अस्थिरता चम्काएका छन् । सरकारले नीति, न्यायलाई कठोर बनाउन नसक्दा स्वदेशी शक्ति केन्द्रले कमिशन र दलाली प्रकरण चम्काउँदै प्रतिगमनमा देश लैजान तत्पर भयो । गणतन्त्र भनेको छ, संसदमा पूर्व राजाको एजेन्डा लिएर राप्रपा जस्तो शक्ति चम्केको छ । देशलाई दुर्भाग्यबाट बचाउने आँट कसैको छैन । परिवर्तन ल्याउने जनता शासक बन्ने भ्रष्ट नेता भएका कारण कतै पनि सन्तोष देखिएन । देश सकारात्मक परिवर्तन खोज्छ, जनता परिवर्तन चाहन्छन् नेता सत्ता ।
अहिलेको नेतृत्व सबैतिर असफल भएको छ । केन्द्रको असफलताले प्रदेशलाई गाँजेको छ, प्रदेशले स्थानीय सरकारलाई पिरेको छ । राजनीति भनेकै सत्ता भन्ने चरित्रहरूले मुलुकलाई यसरी बिगारेकी देउवा, ओली, प्रचण्ड त बिग्रिए नै रवि र गगन समेत सड्न पुगेका छन् । जनताले आश गरेका चरित्रले मौका पाउँदैन । तर पनि लोकतन्त्रको बखान गरेर नेता थाकेका छैनन् । काम गर्ने अधिकार वाला नै जनता र राष्ट्रको पक्षमा नदेखिँदा मुलुक अन्धकारमा फस्यो । तर पनि ठूलाको चेत छैन । यिनलाई चुनावमै थान्को लगाउनु पर्ने बाध्यता खडा भएको छ ।


सम्बन्धित समाचार