Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप २० लाख डोज खोप अनुदान दिँदै चीन

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उनका अनुसार कुराकानीको क्रममा परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ विदेशमन्त्रीले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।